संसदलाई घेराबन्दी गर्न खोजियो : सभामुख सापकोटा

काठमाडौं, बैशाख ५ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमाथि घेराबन्दी गरिएको बताएका छन्। पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन ।

संसदलाई जनमूखी बनाउन थालेपछि घेराबन्दी गरिएको र बिभिन्न अभिव्यक्ति आउने गरेको उनले बताए।
यसलाई कुनै व्यक्ति वा अधिकारीबीचको टक्करको रुपमा लिन नहुने बताउँदै उनले यो प्रवृत्तिबीचको टक्कर भएको उलेख्ख गरे ।‘यो त संविधानलाई रक्षा गर्ने कुरासँग सम्बन्धित छ, भन्नेले के भनेको छ, मैले वास्ता गरेको छैन, मैले लुरुलुरु काम गरेको छु,’ उनले भने ।

साथै उनले देश र जनताका विपक्षमा केहि पनि नगरेको बताए । उनले आफूले कसैको दबाव, प्रभावबिना स्वतन्त्रतापूर्वक काम गरेको उनको भनाइ रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीसम्बन्धी सम्झौतालाई संसदबाट अनुमोदन गर्नुपर्नेमा सभामुख सापकोटाले रोकेर राखेको आरोप लगाएको भोलिपल्टै उनले सो अभिव्यक्ति दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्