धेरै समयपछि प्रधानमन्त्रीले गरे प्रचण्डलाई फोन , दाहालले गरे यस्तो खुलासा

काठमाडौं, वैशाख ३ । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता भएको छैन ।

निकै लामो समयसम्म नेपालको राजनीतिमा तिक्तता आउँदा शिर्षनेताबीच बोल चाल तथा भेटघाट नै ठप्प भयो । तर आज उनीहरुबीच भेट नभएपनि प्रधानमन्त्री ओलीले आफुलाई फोन गरेको प्रचण्डले बताएका छन् ।

शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गरेका हुन्। उनले धेरै समयपछि आफुलाई ओलीको फोन आएको बताए । उनले भने ’म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो ’धेरै समयपछि।’

साथै उनले कार्यक्रम माफर्त आफूले प्रधानमन्त्रीसँगको कुराकानीमा गाउँपालिका जाने बाटो बनाइदिन आग्रह गर्ने बताए। प्रचण्डले त्यसो भन्दा उपस्थितले ताली समेत पिटेका थिए।

एक भएको पार्टीलाई सर्वोच्चले साविकको अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन। ओलीले प्रचण्डलाई फोन गरेर भेट्न निम्तो दिए पनि प्रचण्डले भने भेट्न अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्