गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौं,बैशाख २ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । २८ जना सांसदले हस्ताक्षर गरेको उक्त प्रस्ताव गण्डकी प्रदेश सभाका सभामुख समक्ष बुझाइएको छ ।
जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावसँगै प्रदेशसभा बैठक आह्वानका लागि समावेदन पनि गरिएको छ ।
अविश्वास प्रस्तावमा मुख्यमन्त्री गुरुङलाई हटाएर नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्