अविश्वास प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरुङले गरे प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौं, बैशाख २ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा अधिवेशन नै अन्त्य गरेका छन् । उनले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि अधिवेशनको अनत्य गरेका हुन ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिए आफू अल्पमतमा पर्ने देखेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिदिएका हुन् ।

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेश गरेकामा अधिवेशन अन्त्य गरिएको हो ।

मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार कांग्रेस, माओवादी, जसपा र राजमोले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्