प्युठानमा जीप दुर्घटना: प्रशासकीय अधिकृतसहित ४ जनाको मृत्यु, १० घाइते
काठमाडौं , बैशाख १ । प्युठानको स्वर्गद्धारी नगरपालिकाको रुमालेमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत श्याम न्यौपाने, गाडी चालक र अन्य दुई जना रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रशासकीय अधिकृत न्यौपाने र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गाडीमा सवार १४ जना मध्य १० जना घाइते भएका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी नयाँ वर्षको अवसर पारेर स्वर्गद्वारी दर्शनका लागि बुधबार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा त्यसतर्फ गएको बताइएको छ ।
जिप प्यूठानको स्वर्गद्वारी नगरपालिकाको रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट झण्डै सय मिटर तल खसेको थियो ।
घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।











प्रतिक्रिया दिनुहोस्