नयाँ सरकार गठनबारे राति अबेरसम्म देउवा–प्रचण्डबीच छलफल , के–के भयो कुराकानी ?
काठमाडौं, बैसाख १। नयाँ गठन सरकारबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो (मंगलबार) राति अबेरसम्म महाराजगञ्जमा वार्ता भएको छ ।
देउवासँग छलफल गरेर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई देउवा निवास (बूढानीलकण्ठ) बाट मंगलबार साँझ साढे ५ बजेतिर निस्किएका थिए । त्यसपछि देउवा र प्रचण्डबीच देउवाको ससुराली नाता पार्ने प्रमोद राणाको निवास ९महाराजगन्ज० मा छलफल भएको हो ।
स्रोतले दिएको जानकारीअनुसार वार्ता मंगलबार राति साढे ९ बजेसम्म जारी थियो । वार्ता गोप्य भएकाले के कुरा भयो भन्ने कुरा अहिलेसम्म खुलाएको छैन । प्रचण्डअघि जसपा संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँगको भेटवार्तामा देउवाले अंक गणित सुनिश्चित हुनुपर्ने बताएका थिए ।















प्रतिक्रिया दिनुहोस्