माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुग्यो : ऊर्जामन्त्री रायमाझी
काठमाडौं, चैत ३१ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्र हैसियत बिहीन अवस्थामा पुगेको बताएका छन् । अर्घाखाँचीमा पत्रकरहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
एमालेसँगको एकीकरणपछि माओवादी केन्द्रको सुरक्षित अवतरण भएकोमा तर अहिले उक्त पार्टीको कुनै पनि हैसियत नरहेको जिकीर उनले गरे ।राजनीति बचाउनकै लागि आफूले प्रधानमन्त्री ओलीको साथ नछाडेको पनि प्रष्ट पारे ।
सांसदलाई कारबाही गर्नसक्ने तर सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्नुले पनि यो संकेत जनाएको उनको भनाइ रहेको थियो ।साथै उनले नयाँ सरकार बनाउने प्रयास पनि अलपत्र पर्नुले माओवादी कुन हैसियतमा छ भन्ने बुझिने तर्क गरे ।
यता नयाँ सरकार बनाउनेमा अहिले कांग्रेस , माओवादी केन्द्र र जसपा छलफलमा जुटिरहेका छन् । नयाँ सरकार बनाउन कांग्रेस अग्रसर देखिएको छ ।















प्रतिक्रिया दिनुहोस्