रुपन्देहीमा नेपाल–खनाल समूहको समानान्तर कमिटी घोषणा

काठमाडौं, चैत ३१ । यति बेला नेकपा एमाले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । यसै बेला वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले समानान्तर कमिटी गठनलाई तीव्रता दिएका छन् ।

यहि क्रममा झलनाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा राजु गुरुङको अध्यक्षतामा २०५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटी घोषणा भएको हो ।

जिल्ला विस्तारित बैठकपछि भएको सो कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

क्षेत्रीय कमिटी, पालिकास्तरमा गठन गर्ने तयारी भईरहेको उपसचिवमा सिद्धिचरण भट्टराईले बताए । यसअघि खनाल नेपाल पक्षले लुम्बिनी प्रदेशका ४ जिल्लाहरुमा समानान्तर कमिटी घोषणा गरेको थियो ।

सबैभन्दा पहिले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी बनाएको एमालेले नवलपरासी, बाँके, प्युठान पुनर्गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्