माओवादी केन्द्रका थप चार प्रदेश सभा सदस्य पदमुक्त

काठमाडौं, चैत ३० । माओवादी केन्द्रले नेकपा–एमाले प्रवेश गरेका आफ्नो पार्टीका प्रदेशका २ का थप ४ प्रदेश सभा सदस्यलाई कारबाहीसँगै पदमुक्त गरेको छ ।

पार्टीको सिफारिशअनुसार उनीहरुलाई आज बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सभामुख सरोज यादवले पद रिक्त भएको जानकारी ग गराएका हुन् ।

पदमुक्त हुनेमा प्रधानमन्त्री केपी ओली नेतृत्वको एमाले प्रवेश गर्ने प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर रहेका छन् ।

यसअघि एमाले प्रवेश गर्ने प्रदेश १ र लुम्बिनी प्रदेशका सदस्यहरुलाई पनि माओवादीले कारबाही गरी उनीहरुलाई पदमुक्त गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्