चमत्कारी सरकारले रोजगारी गुमाएकाहरूबारे केही सोचेन : गगन थापा
काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोनाका कारण उद्योग, खुद्रा व्यापार र पर्यटनमा लाखौंले रोजगारी गुमाए पनि उनीहरुका पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता थापाले यस्तो बताएका हुन् । वैदेशिक रोजगारमा रहेका लाखौं नेपालीले रोजगारी गुमाएको अवस्थामा चमत्कारी सरकारले कही पनि गर्न नसकेको आरोप उनले लगाए ।
उनले भने कोरोना कालमा वैदेशिक रोजगारमा रहेका धेरैले जागिर गुमाए। दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय र दुई हजार प्रतिबद्ध कामदार काठमाडौंमै यत्रतत्र छरिएर बसेका छन्। यिनीहरूका पक्षमा चमत्कारी सरकारले बोल्न र गर्न पर्दैन रु
फिलिपिन्स, मालदिभ्स, श्रीलंका, म्यानमारका सरकारले जस्तो गरेको भए नेपाली कामदारले तड्पिएर बस्नुपर्ने अवस्था सिर्जना नहुने उनले बताए। कोरोनाले यति बेला धेरैले रोजगारी गुमाएका छन् ।
विदेशमा रहेका कतिपय अलपत्र समेत परेका थिए । यसमा सरकारले केहि चासो नदिएको नेता थापाको भनाइ रहेको छ ।















प्रतिक्रिया दिनुहोस्