मन्त्रिपरिषद बैठक बस्दै , कोरोना नियन्त्रण विषयमा छलफल हुने

काठमाडौं, चैत ३० । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिए ।

केही दिन यता कोेभिड १९ संक्रमण बढ्दै गएपछि सिसिएमसीले सो पनि विषयमा छलफल गरिरहेको छ । गत शनिबार बसेको सीसीएमसी बैठकले केही निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गरिसकेको छ । सो विषयमा केन्द्रीत भएर आज छलफल हुने बताइएको छ ।

बैठकमा मन्त्रालयगत अन्य नियमित एजेण्डाबारे पनि छलफल हुने बालुवाटार स्रोतको भनाई छ । नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेको छ । दोस्रो लहरको संक्रमण बढेसँगै बालबालिका समेत प्राभवित बन्न थालेका छन् । योसँगै नेपालमा पनि कोरोना संक्रमण र मृत्यु बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्