धरहराको उद्घाटन वैशाख ११ मा

काठमाडौं , चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएका छन् । पुनर्निर्माण गरिएको धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो ।

धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको र केही दिनमै गजुर पनि राखिने प्राधिकरण जानकारी दिएको छ ।

२०७२ वैशाख १२ गते भूकम्पले ढलेको पुनर्निर्मित धरहरा २०७८ वैशाख ११ गते उद्घाटन गरिन लागिएको हो । अहिले रङ्ग लगाउने र बत्ती जडान गर्ने कार्य भइरहेको छ ।

धरहराको पार्किङ र बगैँचा तर्फको काम बाँकी नै छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । नयाँ निर्मित धरहरा बाहिरबाट ११ तलाको देखिए पनि भित्री संरचना २२ तलाको छ ।

प्रतिक्रिया दिनुहोस्