शिवपूरी राष्ट्रिय निकुञ्जमा आगलागी, हेलिकोप्टरबाट पानी हाल्ने तयारी

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । बूढानीलकण्ठ नजिकैबाट बिहान ११ बजेतिर लागेको आगो अहिले धेरै ठाउँमा फैलिइसकेको छ ।

आगो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।

सेना, प्रहरीका दमकल पनि डढेलो लागिरहेको ठाउँमा पुगेका छन् । आगो के कारणले लागेको हो भन्नेबारे थाहा भइसकेको छैन । यता आगो नियन्त्रणमा नआएपछि हेलिकोप्टरबाट पानी हाल्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्