तीन दलको बैठक सकियो: नयाँ सरकार बनाउने कांग्रेसको प्रस्तावः जसपाले माग्यो थप समय
काठमाडौं, चैत २७ । नयाँ सरकार गठन बारे छलफल गर्नका लागि बोलाएको तीन दलको बैठक सकिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा छलफलका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक बोलाएका थिए ।
बैठक कुनै निर्णय नगरि बिना निश्कर्ष टुंगिएको छ । जसपाले केहिदिनको समय मागेपछि ३ दलको बैठक बिना निश्कर्ष टुंगियो । बैठकमा जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे पार्टीभित्र थप छलफल गर्नुपर्ने भन्दै समय मागेको हो ।
तर बैठकमा नयाँ सत्ता समीकरणबारे कांग्रेसले पहिलोपटक औपचारिक रुपमा तीन दलबीच प्रस्ताव राखेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । यस्तै माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।
जसपाले नयाँ सत्ता समीकरणबारे पार्टीभित्र थप छलफल गर्नुपर्ने भन्दै समय मागेपछि पुनः बैठक बस्ने सहमतिका साथ आजको बैठक सकिएको प्रवक्ता शर्माले जानकारी दिए।
यसबारे थप छलफल गर्न जसपाले थप समय मागेपछि बैठक पुनः बस्ने सहमतिका साथ सकिएको पनि प्रवक्ता शर्माले बताए ।















प्रतिक्रिया दिनुहोस्