नयाँ वर्षको अवसरमा सानिमा बैंकको नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना

काठमाडौं, २७ चैत । नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि “नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।
यो योजना अन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् रु १,०००÷ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम् रु १,५००÷ सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुनेछ । उक्त सम्झौता पत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरज राज श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गर्नुभयो । सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।
सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । विस्तृत विवरणको लागि जततउकस्ररधधध।कबलष्mबदबलप।अयmरउचयमगअतकरअबचमकरमष्कअयगलत(यगतभितक मा लगईन गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्