नयाँ सरकार गठन बारे छलफल गर्न देउवा निवासमा तीन दलको बैठक सुरु
काठमाडौं।,चैत २७ । नयाँ सरकार बारे छलफल गर्न देउवा निवासमा तीन दलको बैठक सुरु भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको सहभागीता रहेको छ ।
बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेता देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।
यस्तै जसपाका नेताहरु डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ र अशोक राई पनि बैठकका लागि पुगेका छन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकका लागि पहल गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विकल्प खोज्ने विषयमा तीन दलबीच छलफल हुनेछ ।
तीन दलबीच हुने बैठकमा संसद पुनर्स्थापनापछिको राजनीतिक शून्यता, वैकल्पिक सरकार गठनको सम्भावना र सत्ता साझेदारीलगायतका विषयमा विस्तृत छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
नेपाली कांग्रेसको केन्द्रीय समितिले गत चैत २० गते प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो। तर अहिलेसम्म ठोस रुपमा संवाद हुन सकेको छैन।















प्रतिक्रिया दिनुहोस्