गृहमन्त्री थापालाई पनि कारवाही गर्दै माओवादी
काठमाडौं , चैत २७ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गर्ने भएको छ ।
यसका लागि पार्टीले राष्ट्रियसभाका सांसद समेत रहेका थापालाई कारवाहीको पत्र तयार समेत गरिसकेको छ ।
पार्टीले आजै सो पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको स्रोतले बताएको छ । यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाहीसहित स्पष्टिकरण माग्ने तयारी माओवादीले गरेको छ ।
यसअघि माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका चार जना प्रतिनिधिसभाका सांसदलाई पदमुक्त गरिसकेको छ ।















प्रतिक्रिया दिनुहोस्