ओलीलाई हटाउनका लागि कांग्रेस जस्तोसुकै सम्झौता गर्न पनि तयार छ: नेता पौडेल

काठमाडौं, चैत २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनका लागि अन्य दलसँग जस्तोसुकै सम्झौता गर्न कांग्रेस तयार भएको बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित भेलामा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । निरंकुशतातिर गइरहेको सरकारको विकल्प खोजेरै छाड्ने उनले दाबि गरे ।

‘निरंकुशतातिर गइरहेको यो सरकारको विकल्प खोजी गर्नुपर्छ, विकल्पका लागि हामी उदार बनेर जसरी विकल्प आउँछ त्यसरी सम्झौता गरेर अन्य पार्टीसँग मिलेर हामी इमान्दार प्रयत्न गर्नुपर्छ’, पौडेलले भने।

उनले ओलीलाई हटाउने एक अवसर आफूहरुले गुमाएको बताउँदै अव पनि अवसर गुमाए टाउको समातेर रुनुपर्ने अवस्था आउने बताए।

उनले अहिले केपी शर्मा ओली र कांग्रेसकै सभापति शेरबहादुर देउवाको नारा पनि चुनावै भएको बताए।

 

प्रतिक्रिया दिनुहोस्