गृह मन्त्रालयका २६ उच्च अधिकारीको सरुवा , को कहाँ भए ? (सूचीसहित)
काठमाडौं , चैत २६ । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् ।
सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइँटेल लम्जुङको प्रजिअ भएका छन् ।













प्रतिक्रिया दिनुहोस्