एमालेमा प्रवेश गरेका माओवादीका चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं, चैत २६ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज भएको छ।

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन्।

पद खारेज हुनेमा एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलालीका लेखराज भट्ट, रौतहटका प्रभु साह र कैलालीका गौरीशंकर चौधरीले रहेका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन्।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएका थिए । उनीहरु २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । पछिल्लो पटक उनीहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्