संसद असफल भएमा सरकारलाई मात्र दोष दिन मिल्दैन, सभामुखमाथि पनि प्रश्न उठ्छः लालबाबु पण्डित
काठमाडौँ ,चैत २६ । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री लालबाबु पण्डितले संसद असफल भएमा सरकारलाई मात्र दोष दिन नमिल्ने बताएका छन् । यसमा सभामुखको भूमिकामाथि पनि प्रश्न उठ्ने उनले औंल्याएका छन् । ।
विहिबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै सांसद पण्डितले यस्तो बताएका हुन् ।
अहिलेको व्यवस्थालाई नै नमान्नेहरुले गलत प्रचार गरिरहेको भन्दै संसदलाई काम गराउनमा सभामुखको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ रहेको थियो ।
संसदीय व्यवस्था असफल भएमा सरकारको बारेमा मात्र होइन सभामुखको भूमिकाको बारेमा पनि प्रश्न उठ्ने उनले बताए ।सांसद पण्डितले संसदमा रहेका विधेयकलाई अगाडी बढाउन सभामुखले भूमिका खेल्न पर्नेमा उनले जोड दिए ।
सांसद पण्डितले संसदमै भएका विधेयक अगाडी नबढाएको तर सरकारले संसदलाई काम नदिएको भन्दै गलत प्रचार गरिएको आरोप लगाए ।सरकारले काम दिएन भन्नेहरुलाई सांसद पण्डितले संसद सचिवालयको विधेयक शाखाबाट विवरण झिकाउन समेत माग गरेका छन् ।
संसदको चालु विधेयक अधिवेसनले एउटा पनि विधेयक पारित गर्छ या गर्दैन भन्ने आम जनताले हेरिरहेको बताएका छन् । उनले संसदमा ६५ भन्दा बढी विधेयक रहेपनि ति विधेयक अगाडी नबढेकोमा आपत्ति जनाएका छन् ।















प्रतिक्रिया दिनुहोस्