मकवानपुरमा बलात्कारका ३१ घट्ना दर्ता
काठमाडौं, चैत २६ । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ३१ वटा बलात्कारका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चालु आवको साउनदेखि चैत महिनासम्ममा ३१ वटा बलात्कारका घटना मकवानपुर प्रहरीमा दर्ता भएको हो । सो कार्यालयमा दर्ता भएका बलात्कारका घटनामध्ये हालसम्म प्रहरीले २० जनालाई पक्राउ गरेको बताइएको छ ।
बलात्कार आरोप लागेका ११ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको सो कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बतााउनुभयो । यसअघि २०७६/७७ मा जिल्ला प्रहरी कार्यालय मकवानपुमा ३६ वटा बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएको थियो । त्यसमा बलात्कारको आरोपमा ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ भने पाँच जना अहिलेसम्म फरार रहेको बताइएको छ ।
त्यस्तै २०७५/७६ मा ३२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा २६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने छ जना अहिलेसम्म फरार छन् ।
आर्थिक वर्ष २०७४/७५ मा २२ वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता भएको र त्यस मुद्दामा आरोपित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ४ जना आरोपित अहिलेसम्म फरार रहेका छन् । बलात्कारबाट पीडित हुनेमा बालिकादेखि वृद्धासमेत रहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्