संसदमा आएर बहस गर्न प्रधानमन्त्री ओलीलाई गगन थापाको निम्ता
काठमाडौँ , चैत २६ । नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहस गर्न संसदमा आउन निम्ता दिएका छन् ।प्रतिनिधि सभाको विहिबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले यस्तो निम्ता दिएका हुन् ।
उनले भने, ’तपाइँले प्रस्तुत गरेका तथ्यमा बहस गरौँ, राष्ट्रिय योजनाका बारेमा बहस गरौँ । संसदलाई छलेर गर्ने होइन संसदमा आएर बहस गरौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर बाहिर गफ दिइरहेको भन्दै सरकारले नै सार्बजनिक गरेका तथ्यांकमा आधारित रहेर बहस गर्न संसदमा उनले भनेका छन् ।
नेता थापाले भने बजेटमा छलफल गर्नुपर्ने छ, नेताले आयोजना छान्ने विषय बदल्नु पर्ने छ, तथ्य र तथ्यांकमा टेकेर बहस गर्न संसदमा आउन प्रधानमन्त्री ओलीलाई म आग्रह गर्दछु ।
संसदमा बोल्दै नेता थापाले प्रधानमन्त्री ओलीले योजना नबनेका पुलको शिलान्यास गरेको र दुई बर्षअघि बनेर सकिएका पुलको अहिले उद्घाटन गरेर नाटक गरिरहेको आरोप लगाएका छन् ।
साथै नेता थापले मेलम्चीको खानेपानीको जस लिने होडबाजी गरिरहेको पनि आरोप लगाएका छन् । नेता थापाले मेलम्ची तोकिएको समयभन्दा २३ बर्षपछी आएको भन्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीसँग माफी माग्नपर्नु पर्नेमा जसलिन होडबाजी गरिरहेको बताए ।















प्रतिक्रिया दिनुहोस्