बंगलादेशलाई जित्नैपर्ने दबाब

काठमाडौं । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै छ । उपाधि यात्रालाई निरन्तरता दिनका लागि आजको खेल नेपालले जित्नैपर्ने दबाब छ ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आज राति ७ बजेर १५ मिनेटमा नेपालले बंगलादेशसँग खेल्ने छ । बंगलादेश २ खेलबाट शतप्रतिशत नजिता निकाल्दै शीर्ष स्थानमा रहेको छ ।

बंगलादेशले आफ्नो पहिलो खेलमा भारतलाई ४–३ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गर्दै ६ अंक बनाएर शिर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्