कलंकीको एक नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा छापा, संचालक पक्राउ

काठमाडौं , चैत २४ । महानगरीय अपराध महाशाखा र बाणिज्य विभागको टोलीले काठमाडौंको कलंकीमा रहेको एक कस्मेटिक उत्पादन कम्पनी र सो कम्पनीको गोदाममा छापा मारेको छ ।

यस कम्पनीमा भारतीय कालाकोला ब्राण्डको मेहन्दी र ब्राण्ड दुरुपयोग गरेर नक्कली कस्मेटिक सामाग्री बनाएर बेच्ने गरेरेको पाएको हो । यसपछि कम्पनी र गोदाम छापा मारिएको अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए ।

साथै प्रहरीले सक्कली कम्पनीको प्याकेटमा राखेर कमसल सामान बेच्ने ३३ वर्षीय चेतन गोयललाई पनि पक्राउ गरेको छ । गोयलले करोडौंको कस्मेटिक सामाग्री भारतमा उत्पादन भएको भनेर नेपाली बजारमा पठाउने गरेका थिए । उनले १० प्रकारका कस्मेटिक सामग्री उत्पादन गरेर बेच्ने गरेको पाइएको छ ।

विदेशी कम्पनीको खोलमा कमसल सामग्री बेचेर स्वास्थ्यमा खेलबाड गरेको देखिएको र यस बारे थप अनुसन्धान भइरहेको पनि प्रहरलिे बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्