म्यानमार घटना: सरकराले भन्यो- यसमा नेपालको गहिरो चिन्ता र चासो छ
काठमाडौं, चैत २३ । सरकारले म्यानमारमा विकसित पछिल्लो घटनाक्रमका बारेमा गहिरो चिन्ता र चासो रहँदै आएको बताएको छ ।
म्यानमारको सेनाले सत्ता हातमा लिएर विना कारण निहत्था नागरिकको हत्या गरिरहेको, देश छाड्न बाध्य भएको लगायतका गम्भीर मानव अधिकार उल्लङ्घनका घटना भइरहे पनि सरकार नबोलेको भन्दै संसदमा चर्को आलोचना भएको छ ।
सोमवार प्रतिनिधि सभाको विशेष समयमा सांसदका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारको विषयमा गहिरो चिन्ता रहेको तथा नेताहरूको रिहाइ र बल प्रयोग नगर्न यसअघि नै विज्ञप्ति जारी गरिसकेको जानकारी दिए ।
यस्तै सांसदहरूले म्यानमारको विषयका बारेमा बिमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय भर्चुअल बैठकमा छलफल किन भएन भनी सोधेको प्रश्नको उत्तर दिँदै ज्ञवालीले त्यस्ता फोरममा कुनै खास देशमा भएको घटनाबारे छलफल नहुने र त्यसरी ती संस्था नचल्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्