जेठ र असारमा फेरि कोरोना संक्रमण उच्च विन्दुमा पुग्छ: स्वास्थ्य मन्त्री त्रिपाठी
काठमाडौं, चैत २३ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ र असारमा फेरि कोभिड संक्रमण उच्च विन्दुमा पुग्ने बताएका छन्।
जनस्वास्थ्य मापदण्डहरूलाई प्रभावकारी ढङ्गले पालना गर्न नसकिए फेरि कोरोनाको मार खेप्नु पर्ने बेला आउने उनले बताए ।
भारतमा कोरोना बढेकाले नेपालमा पनि कोरोना संक्रमण फैलिन थालेको उनको भनाइ रहेको छ । नियन्त्रणका लागि ततकाल जनस्वास्थ्य मापदण्डहरुलाई पालना गर्न पनि उनले सबैमा आग्रह गरेका छन् ।
नेपालमा आज मात्रै कोरोनाबाट ४ जनाको मृत्यु भएको छ भने २६६ जनामा कोरोना पुष्टि भएको छ । पहिलेको तुलनामा अहिले दिनानुदिन संक्रमित बढिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्