काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने , नगरे हुनेछ यस्तो जरिबाना
काठमाडौं । पछिल्लो समय भारतमा कोरोना चयावह बन्दै जान थालेको छ । यहाँ गएको २४ घण्टामा एक लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
भारतमा पहिलोपटक एकैदिन एक लाखको संख्यामा कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । खोपले कोरोना नियन्त्रण गर्छ भन्ने अनुमानका बिच भारतमा कोरोनाको अवस्था भने भयावह बन्दै गएको छ।
संक्रमितको पछिल्लो तथ्यांक हेर्दा भारत अहिले कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो। अन्य देशको तुलनामा यहाँ दोब्बर, तेब्बरले संक्रमित थपिरहेका हुन्।यता भारतमा तीव्र गतिमा कोरोना संक्रमित थपिँदा महाराष्ट्रमा कडा लकडाउनको नियम लागू भइसकेको छ।
भारत सरकारका अनुसार कुल संक्रमितमध्ये ७६ प्रतिशत संक्रमित महाराष्ट्र, छत्तीसगढ, कर्नाटक र पन्जाव राज्यमा छन् । यसरी छिमेकी देश भारतमा कोरोनाको अवस्था भने भयावह बन्दै गएपछि नेपालमा पनि डर र त्रास छाएको छ।
संक्रमण फैलन नदिन सरकारले सावधानि अपनाउन आग्रह गरेको छ । यसैबीच काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
उनका अनुसार नाकामा जोडिएका नगरपालिका र गाउँपालिकामा हेल्थ हेस्क राखिनेछ ।त्यसको सबै व्यवस्थापन सरकारले गर्नेछ । नगरपालिका र गाउँपालिकामा हेल्थ डेस्क राख्ने काम सुरू भइसकेको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई नाका क्षेत्रमै रहेको हेल्थ डेस्कमा अनिवार्य परीक्षण गरिने छ । त्यहीँ नै एन्टिजेन परीक्षण गराउने र कोरोना पोजेटिभ देखिए पीसीआर परीक्षण गराउन यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
कोभिडको संक्रमण पुनः बढेको हुँदा यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।
उता पछिल्लो समय सुुदुरपश्चिममा नयाँ प्रकारका कोरोना संक्रमित भेटिन थालेका छन् । भारतबाट आएका ३ जना नेपालीमा नयाँ प्रकारको कोरोना भाइरस (नयाँ भेरियन्ट) को संक्रमण पुष्टि भएसँगै यहाँ सतर्कता थप कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्