कांग्रेस नेता कँडेल भन्छन्- ओली एमालेको अन्तिम प्रधानमन्त्री

काठमाठौं, चैत २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका छन् ।अहिलेको राजनीतिक अवस्था कायमै रहे ओली र्नै अन्तिम प्रधानमन्त्री हुने उनले बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कँडेलले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राजनीतिक आन्दोनलमा सहभागी नेताहरूलाई पन्छाउँदै गएको र एकता गरेर आएका दलहरूलाई गरेको व्यवहारले पनि एमालेको अन्तिम प्रधानमन्त्री ओली हुने देखाएको दावी गरे ।

२०७४ सालमा चुनावी सभामा प्रधानमन्त्री ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा भएको भन्दै कांग्रेसका कार्यकर्ताहरूलाई समवेदना दिएको कुरालाई सांसद कँडेलले स्मरण गराएका थिए । कँडेलले एमालेका सांसदहरूको बोली पनि ओलीकै जस्ता रहेको बताए ।

उनले ‘जस्ता गुरु त्यस्तै चेला’ भन्दै एमालेका सांसदहरूलाई व्यंग्य गरे ।तत्कालीन नेकपा विभाजित भइसकेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनैपर्ने कँडेलले बताएका छन् ।प्रधानमन्त्रीले संसदमा आएर विश्वासको मत लिनुपर्ने कँडेलको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्