गोकुल बाँस्कोटाले दिए प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति
काठमाडौं, चैत २३ । नेकपा–एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने दल तथा नेताहरुलाई प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति दिएका छन्।
प्रधानमन्त्री ओलीसँग अत्यन्त निकट मानिने बाँस्कोटाले राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको उनले बताए।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने ? ’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बाँस्कोटाले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ, तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं।’
अहिले अन्य दलले आफै अड्काउने र आफै पड्काउने गरेको र त्यसो गर्न नपाइने उनले बताए।जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के होरु भनी उनले प्रश्न गरे।
‘विकास गर्ने प्रतिगमन र जनताको बीचमा जाने प्रतिगमन यहाँ भइरहन्छ,’ उनले भने, ‘निकास दिन नदिने हो भने ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम नै ठीक छ।’
बाँस्कोटाले सरकारले तीव्र विकास गरेको र नागरिकलाई सुख सुविधा दिएको केही व्यक्ति र दलले देखी नसहेको भन्दै आक्रोश पोखे ।बाँस्कोटाले विकासका लागि राजनीति नगर्ने हो भने के को लागि सांसद बनेको भन्दै प्रश्न पनि गरे ।सरकारले चुनावमा जाँदा प्रतिगमनको हल्ला चलाइएको भन्दै बाँस्कोटाले आपत्ति जनाए ।
यसअघि प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।















प्रतिक्रिया दिनुहोस्