अजोड इन्स्योरेन्सको कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम
काठमाडौं, २२ चैत । अजोड इन्स्योरेन्सको इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ (तिन) दिने कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । ।
उक्त तालिममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु. प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्ष दिएका हुन् । त्यस्तै सो तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्र वितरण गरेका छन् । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्