थप १७६ जनामा कोरोना संक्रमण पुष्टि, ११७ जना निको भए , मृत्यु कति ?

काठमाडौं , चैत २२ । पछिल्लो २४ घण्टामा देशभर १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये थप ११७ जनासहित हालसम्म २ लाख ७३ हजार २४० जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमतिको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६७२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय भारतबाट नेपाल आएकामा नयाँ प्रकारको कोरोना भेटिएको छ । रोजगारीका लागि भारत गएकाहरु फेरि त्यहाँका विभिन्न ठाउँमा लकडाउन हुन थालेपछि उनीहरु धमाधम घर फर्कन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्