बसन्त मानन्धरको नेतृत्वमा खनाल–नेपाल समूहद्वारा समानान्तर कमिटी घोषणा
काठमाडौं, चैत २२ । नेकपा एमालेका खनाल–नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटीको घोषणा गरेको छ । बसन्त मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरिएको हो ।
आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट यो समूहले मानन्धरको नेतृत्वमा समानान्तर कमिटी बनाएको हो ।
कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल सहभागी भएका थिए । एमालेको काठमाडौं जिल्ला अध्यक्षमा केपी शर्मा ओली समूहका कृष्ण राई रहेका छन्।
ओलीले नेता नेपाल र अन्य नेताहरूलाई पार्टीबाट निलम्बन गरेपछि खनाल–नेपाल समूहले समानान्तर कमिटी बनाउन सुरू गरेको हो।
यसअघि उक्त समूहले विभिन्न जिल्ला र भातृ संगठनहरूमा समानान्तर कमिटी गठन गरिसकेको छ।















प्रतिक्रिया दिनुहोस्