देशभरका सडक निर्माणका लागि गुरु योजना तयार गर्न मन्त्री नेम्बाङको निर्देशन
काठमाडौं, चैत २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले देशभरका सडक पूर्वाधार निर्माणका लागि गुरु योजना तयार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्बाङले यस्तो निर्देशन दिएका हुन् । उनले कुनै एउटा सडकको योजना तयार गर्ने मात्र भन्दा पनि समग्रमा सिङ्गो देशको मास्टर प्लान बनाउन निर्देशन दिए ।
मुआब्जा विवादका कारण विभिन्न आयोजना अवरोध हुने गरेको भन्दै उनले त्यसको समाधानका लागि मन्त्रालयले छुट्टै कार्यदल बनाएर जानुपर्ने औंल्याए ।
कतिपय आयोजनामा स्रोतको सुनिश्चितता भएपनि आन्तरिक कारणले गर्दा ठेक्का प्रक्रिया नै शुरु गर्न नसकिएको पनि मन्त्री नेम्वाङले जानकारी दिए ।
त्यसैको मारमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग परेको उनको भनाई छ ।
बैठकमा विभिन्न आयोजनाहरुको बारेमा नीतिगत सुधार आवस्यक रहेको सम्बन्धमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्