भारतको छत्तिसगढ़मा नक्सलीसँग भिडन्त : २२ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ , चैत २२ । भारतको छात्तिसगढ़मा शनिबार भएको सुरक्षाबल र सशस्त्र लडाई लडिरहेका माओवादी( नक्सली) बीचको भिडन्तमा मृत्यु हुने प्रहरीको संख्या २२ पुगेको छ ।

भारतीय मिडियाहरुका अनुसार छातिसगढ़को बीजापुरमा भएको भिडन्तमा २० जनाको घटनास्थलमै शव फेला परेको नक्सल अप्रेशनका प्रमुख अशोक जुनेजाले भारतीय समाचार एजेन्सी एएनआइलाई पुष्टि गरेका छन् ।

अझै एक सुरक्षाकर्मी बेपत्ता रहेको मिडिया रिपोर्टमा बताइएको छ । यसअघि बेपत्ता भनिएका १७ जनाको शव पनि घटनास्थलमा भेटिएपछि मृत्यु हुनेको संख्या २२ पुगेको हो ।

घटनामा १५ माओवादी कार्यकर्ताको पनि मृत्यु भएको बताइएको छ । माओवादीहरुले आफ्ना घाइते कार्यकर्ताहरुलाई तीन ट्रयाक्टरमा भरेर लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

त्यस्तै ३१ भन्दा बढी सुरक्षाकर्मी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुख व्यक्त गरेका छन् । – फाइल तस्बिर 

 

प्रतिक्रिया दिनुहोस्