प्रतिनिधिसभा सदस्य जानकीदेवीले लिइन् शपथ
काठमाडौं , चैत २२ । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ खुवाएका छन्। सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतबार आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।
नेकपा ९एमाले० की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा राम निर्वाचित भएकी हुन्। सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो ।
निर्वाचन आयोगले उनलाई समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाइ दिए।















प्रतिक्रिया दिनुहोस्