भयावह बन्दै भारतमा कोरोना : एकैदिन ९३ हजार संक्रमित, ५१३ जनाको मृत्यु
काठमाडौँ , चैत २२ । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ । यहाँ फेरी दोस्रो लहरको कारोनाकोसंक्रमण बढेको हो । पछिल्लो अपडेट अनुसार २४ घण्टामा भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाबाट ५१३ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ६४ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९३ हजार २४९ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड २४ लाख ८५ हजार ५०९ पुगेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म एक करोड १६ लाख २९ हजार २८९ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ६० हजार ४८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै अहिले भारतमा ६ लाख ९१ हजार ५९७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल २४ करोड ८१ लाख २५ हजार ९०८ नमुना परिक्षण गरिएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ११ लाख ६६ हजार ७१६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ७ करोड ५९ लाख ७९ हजार ६५१ जनाले कोरोनाको खोप लगाएका छन् । उता भारतामा कोरोना बढेपछि यता नेपालमा पनि त्रास बढेको छ ।
प्रतिक्रिया दिनुहोस्