ओली ‘फाँसीवादी बाटो’मा हिँडे, यसको विरोधमा सबै एकजुट हुनुपर्छ : प्रचण्ड
काठमाडौँ, चैत २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी बाटोमा हिँडिरहेको बताएका छन् ।
शुक्रबार प्रो.माणिकलाल श्रेष्ठको श्रध्दाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीको बाटो फाँसीवादी भएको बताए ।
उनले मुल्य मान्यताले बनाएका नियमहरुलाई उल्लंघन गर्दै समाजलाई निरङ्कुशतातर्फ प्रधानमन्त्री ओलीले धकेल्न खोजेको आरोप लगाए । उनले फाँसीवादी बाटोको उदाहरण संसद विघटन भएको तर्क गरे ।
संवैधानिक निकाय र सबैतिर सेटिङले मात्रै चल्ने वातावरण बनाउनु राम्रो शंकेत नभएको उनको भनाइरहेको थियो । यस्तो गलत प्रवित्तिको अन्त गर्न एकजुट भएर आन्दोलनमा जानसक्नुपर्ने उनले बताए ।
अध्यक्ष प्रचण्ड अहिले भइरहेका क्रियाकलापको विरोध गर्न नसके माणिक लालश्रेष्ठप्रति सच्चा श्रद्धाञ्जली हुन नसक्ने पनि बताए ।
लामो समय निरंकुशताले मधेसी, महिला, आदिवासीलाई गरेको विभेद हटाउन आफूहरुले लामो युद्ध लडेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले विभिन्न आन्दोलनले स्थापित मुद्दाहरु र शहीदको रगतलाई खेर जान नदिने दाबि गरे । उनले विकासको नाममा जनतामाथि दमन गर्न नपाईने बताए ।
प्रतिक्रिया दिनुहोस्