राष्ट्रपति भण्डारीले गरिन् मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन
काठमाडौँ , चैत २० । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी छन् ।
शुक्रबार भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गरेकी हुन् ।
शुक्रबारबाटै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर पानी वितरण सुरु गरेको छ ।
बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा शुक्रबार बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको हो ।
अब उपत्यकामा रहेका पनि भण्डारण ट्यांकमध्ये बाँसबारीस्थित ट्यांकमा मात्रै पानी पठाउन बाँकी रहेको केयूकेएलले जनाएको छ ।
केयूकेएलले पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको जनाएको । यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्