ताइवानमा रेल दुर्घटनाः कम्तिमा ३६ जनाको मृत्यु, ७२ घाइते
काठमाडौँ , चैत २० । ताइवानमा भएको रेल दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७२ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । रेल एक सुरुंग मार्गमा दुर्घटनाग्रस्त भएकोले उद्धारमा कठिनाइ भएको उल्लेख गरिएको छ ।
ताइवानमा पछिल्लो ४० बर्षमा भएको अहिलेसम्मकै भयानक रेल दुर्घटनाको रुपमा यसलाई लिइएको छ । समाचार एजेन्सीहरुले रेलमा करिब ३५० जना स्वर रहेको उल्लेख गरेका छन् ।
रेलमा यात्रा गरिरहेका सयजनालाई सकुशल उद्धार गरिएको छ भने अहिलेपनि उद्धार कार्य जारी रहेको बताइएको छ । रोकी राखेको ट्रक चिप्लेर रेलमार्गमा आएपछि रेल ट्रकसँग ठोकिदा दुर्घटना भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
पूर्वी ताइवानको पहाडी इलाकामा भएको दुर्घटनास्थल ताइवानको चर्चित पर्यटकीय स्थल समेत हो ।
यसअघि ताइवानमा सन २०१८ मा भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने सन १९८१ मा भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो । – फाइल तस्बिर
प्रतिक्रिया दिनुहोस्