खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक भोलि बस्दै, के छ एजेण्डा ?

काठमाडौं , चैत १९ । नेकपा (एमाले) झलनाथ खनाल, माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक शुक्रबार (भोलि) बस्दै छ । बैठक कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे बस्ने छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटीको आकार विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल पक्षधर देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा जुटेको छ ।

अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन् ।बिहीबार मात्रै कास्की जिल्ला कमिटी पनि समानान्तर बनेको छ ।

कास्कीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता नेपालले अब केन्द्रमा पनि समानान्तर संरचनाको उद्घोष गरेका छन् । भोलिको बैठकमा पनि यस विषमा थप रणनीति तय गर्ने खनाल–नेपाल समूहको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्