बाबुराम भट्टराई भन्छन् – रेशम चौधरीको रिहाइ सरकारमा जाने कुरासँग नजोडियोस्

काठमाडौं, चैत १९ । रेशमलालको रिहालगायत मागसहित जसपा सरकारमा जाने चर्चा यति बेला चलीरहेको छ ।

यसरी चर्चा चलेको बेला जसपाको संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले ट्वीटरमार्फत अभिव्यक्ति सार्वजनिक गरेका छन् । उनले रेशमलाल चौधरीको रिहाइलाई सरकारमा जाने कुरासँग नजोड्न आग्रह गर्दै अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

उनले बीपीको रिहाइ माग गर्ने कांग्रेस राजतन्त्रमा सहभागी नभएको र आफ्ना नेता कार्यकर्ताहरूको रिहाइ माग गर्ने कांग्रेस÷कम्युनिस्ट पञ्चायतमा नगएको भन्दै जसपा कहिँ नजाने स्पष्ट पारे।

यता जन्मकैदका दोषी चौधरीलाई उन्मुक्ति दिने सरकारको तयारी छ । यसका लागि जसपाले विभिन्न मागसहित सरकारसँग छलफल थालेको छ । जसअन्र्तगत पहिलो चरणको वार्ता सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्