प्रचण्डको निवेदनमा फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय, पहिलेकै फैसला सदर

काठमाडौं, चैत १९ । सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा गरेको फैसला पुनरावलोकन नहुने निर्णय सुनाएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो।

गएको फागुन २३ गते सर्वोच्चले नेकपा नाम विवादमा फैसला सुनाउँदै एमाले र माओवादी केन्द्र ब्युँताएको थियो। उक्त फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार सर्वोच्च पुगेका थिए। दाहालको एउटा रणनीति असफल हुन पुगेको छ।

पूर्ण इजलासले निस्सा नदिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढुंगानाले जानकारी दिए। यससँगै दाहालले दिएको मुद्दा पुनरावलोकन नहुने भएको हो।

गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको निर्णय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्