वायु प्रदूषणले स्वास्थ्यमा परेको असरप्रति आयोगद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं , चैत १९ । गएको शुक्रबारदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ । पछिल्लो समयमा नेपालका २७ सय ठाउँमा आगलागी तथा डढेलो लागेको आयोगले उल्लेख गरेको छ ।
वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्दै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ तत्कालीन तथा दीर्घकालीन उपायहरुको अवलम्बन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समय बढिरहेको वायु प्रदूषणले नागरिकको स्वास्थ्यमा परेको असरप्रति सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेको स्मरण गराएको छ ।
“वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावली २०५४, विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐनलगायत राष्ट्रिय कानुनका साथै नेपाल पक्ष राष्ट्र बनेको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले स्वच्छ वातावरणीय अधिकारको व्यवस्था गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्