माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

काठमाडौँ, चैत १९ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ ।

आज पार्टी कार्यालय परेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको हो ।

शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर सरकारलाई दिएको समर्थन बारे निर्णय लिने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निक्र्यौल गर्न दलहरुले केही समय मागेकाले समर्थन फिर्ताबारे निर्णय नभएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपनि केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको हो ।

 

प्राविधिक पत्र नपठाए पनि यो सरकारलाई माओवादीको समर्थन नरहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्