सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी केन्द्र, स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ , चैत १९ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक अहिले बिहान ९ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिएपनि सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ । तर पछिल्लो समय समर्थन फिर्ता लिन दबाब बढेको छ। केही दिनअघि अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिने निर्णयका लागि अब धेरै दिन नलाग्ने पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्