सबैखाले भेला–सम्मेलन रोक्न सीडीओ कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, चैत १८ । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । कोरोना बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखाले भिड हुने गतिविधि रोक्न आग्रह गरेको छ ।
मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड हुने खालका सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरेका छन् ।
संक्रामक रोग ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न मन्त्रालयले आग्रह गरेको उनले जानकारी दिए ‘कुनै पनि जुलुस, भिडभाड सभा, सम्मेलन, भेलाहरु रोक्न पनि स्वास्थ्य मन्त्रालय बिनम्र आग्रह गर्दछ’ उनले भने ।
नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरिरहेको छ। पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यता काठमाडौंमा ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ गरी ६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्