माओवादी केन्द्रले भन्यो- सरकारले चैत २३ भित्र विश्वासको मत लिनुपर्छ

काठमाडौं , चैत १८। नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी चैत २३ भित्र विश्वासको मत लिनुपर्ने बताएको छ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीले चैत २३ गतेभित्रै विश्वासको मत लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गुरुङले यस्तो बताएका हुन.  । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१ं) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ ९२० आकर्षित भएको बताए । उनले भने, ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ ।’

धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

गुरुङले भने, ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ। अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने देखिन्छ ।’

यता यद्यपी अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्