भारतमा कोरोनाबाट २४ घण्टामा ५३ हजार संक्रमित, ३५४ जनाको मृत्यु

काठमाडौँ , चैत १८ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फेरी बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३५४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ६२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ६२ हजार ४६८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार ४८० जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड २१ लाख ४९ हजार ३५५ पुगेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड १४ लाख ३४ हजार ३०१ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ४१ हजार २८० जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा ५ लाख ५२ हजार ५६६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल २४ करोड ३६ लाख ७२ हजार ९४० नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १० लाख २२ हजार ९१५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ३० लाख ५४ हजार ३५३ जनाले कोरोनाको खोप लगाएका छन् ।

पछिल्लो समय छिमेकी जिल्ला भारतमा कोरोना बढेसंगै नेपालमा पनि संक्रमणदर बढिरहेको छ । भारतबाट नेपाल आएकामा कोरोना संक्रमण पुष्टि हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्