साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने

काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने उद्घोष गरेका छन् । रिपोटर्स क्लबको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउदो साउन १ गतेबाट सबै किसिमका सामाजिक सुरक्षा भत्ता बढाउने बताए ।

सामाजिक सुरक्षा बढ्ने जानकारी दिए पनि कर्मचारीको तलब बढ्ने बिषयमा भने कुनै संकेत दिएनन् । सामाजिक सुरक्षा भत्तामा बृद्ध भत्ता, एकल महिलाभत्तालगायत पर्छन् । प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको चौतर्फी आलोचना गर्ने समूहलाई लक्षित गर्दै आफूले राम्रा काम गर्दै जाने बताए । सोही क्रममा सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन् । यसैगरी, मुलुकभरका सरकारी विद्यालयहरुको भौतिक संरचना सुधारका लागि ५ अर्ब रुपैयाँ विनियोजन गर्ने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्